arrow

मकवापुरको राक्सीराङमा कांग्रेस विजयी

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
makwanpur-rakshing.png

हेटौँडा। मकवापुर जिल्लाको राक्सीराङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका राजकुमार मल्लले तीज हजार ५३९ मत प्राप्त गरी विजयी भएका छन् ।   मल्लका प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले दुई हजार ९४४ मत प्राप्त गरेका थिए। 

सो गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली काँग्रेसका निर्मला हिमडुङले तीन हजार ५३५ मत प्राप्त गरी विजयी भएका छन् ।  उनका प्रतिद्वन्द्वी एमालेका सुन्तली माया प्रजाले दुई हजार ९५० मत प्राप्त गरेका थिए  । यसैगरी मनहरी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका एकराज उप्रेतीले चार हजार ६४९ मत प्राप्त गरी विजयी भएका छन् ।

उप्रेतीको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शङ्कर न्यौपानेले चार हजार ३४० मत प्राप्त गरे । सो गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेका मनिला विष्टले चार हजार ६३१ मत प्राप्त गरी विजयी भए । 

उनको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमला कार्कीले चार हजार १४७ मत प्राप्त गरे । मकवानपुर जिल्लामा आठ गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य र थाहा नगरपालिकाको प्रमुख उपप्रमुख, वडा अध्यक्ष, सदस्यको मतगणनाको परिणाम घोषणा भइसकेको मकवानपुरका जिल्ला निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले जानकारी दिए । 

हेटौँडा उपमहानगरपालिकाको मतगणना कार्य अहिले पनि जारी रहेको र दुई-तीन दिनभित्रै निर्वाचन परिणाम घोषणा हुनसक्ने सम्भावना रहेको मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ