arrow

नागार्जुनको थप चारवटा वडामा कांग्रेस विजयी

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
Nagarjun_Nagarpalika.png

काठमाडौँ। नागार्जुन नगरपालिकाको थप चारवटा वडाको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक गरिएका चारवटै वडामा नेपाली काँग्रेसका वडाध्यक्ष विजयी भएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।  उनका अनुसार वडा नं ६ मा राजेन्द्र बुढाथोकीले एक हजार ११५ मत, वडा नं ७ मा रमेश गौतमले एक हजार १० मत, वडा नं ८ मा शुक्रबहादुर तामाङले ७४९ र वडा नं ९ मा रामकृष्ण भट्टराईले ६७८ मत प्राप्त गरी विजयी भएका छन् । 

निर्वाचन अधिकृत लामिछानेले अब वडा नं १० को मतगणना मात्र बाँकी रहेको जानकारी दिए । यसैगरी प्रमुखमा काँग्रेसका मोहनबहादुर बस्नेतले अग्रता लिएका छन् । बस्नेतले छ हजार ३६३, एमालेका कृष्णहरि खत्रीले पाँच हजार ८९५ र राप्रपाका उद्धव थापाले दुई हजार ४६८ मत प्राप्त गरेका छन्  । 

यस्तै उपप्रमुखमा काँग्रेसका कल्याणी खड्काले पाँच हजार ९८८, एमालेका सुशीला अधिकारीले छ हजार २७५ र राप्रपाकी मीरा कुँवरले दुई हजार २७४ मत प्राप्त गरे। 

नागार्जुनमा २६ हजार २४५ मतदाता रहेकामा २० हजार ८९७ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ