काठमाडौंको मत परिणाम : राजुराज भन्दा ३५ सय मतले अगाडि विद्यासुन्दर
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
169
Shares
काठमाडौं। काठमाडौं महानगरपालिकामा दिउँसो २ बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले)को अग्रता कायमै छ । नगर प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य ११ हजार ८२ मतसहित अग्रस्थानमा रहेका छन् । शाक्यका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ७ हजार ४८९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले ४ हजार २२३ मत, साझा पार्टीका किशोर थापाले ३ हजार ४८५ र नेकपा (माओवादी केन्द्र)का सर्वोत्तमदास डङ्गोलले १ हजार २२६ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले ९ हजार ७७५ , राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ५ हजार ८३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।