गोकर्णेश्वर नगरपालिकामा मेयर र उपमेयर दुबै काँग्रेसलाई
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
226
Shares
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरु मेयर तथा उपमेयर दुबै पदमा निर्वाचित भएका छन् । शुक्रबार निर्वाचन अधिकृतको कार्यालयले उनी विजयी भएको जनाएको छ ।
मेयर पदमा नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापति समेत रहेका सन्तोष चालिसेले ८९३७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका पुण्य चौलागाईको जम्मा ७५ सय ८४ मत आएको छ । यी दुई उम्मेदवारबीच कूल १३५३ मतको मतान्तर रहेको छ ।
त्यस्तै उपमेयरमा पनि नेपाली काँग्रेसकै शान्ति नेपाल विजयी भएकी छिन् । उनले कूल ८ हजार ५ सय ९८ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्दी एमालेकी शान्ति श्रेष्ठले ८ हजार ८८ मत ल्याईन् । उनीहरुबीचमा जम्मा ५१० मतको अन्तर रहेको छ ।