arrow

महालक्ष्मी नगरपालिकामा बिहीबार बिहानदेखि रोकिएको मतगणना अझै सुरु भएन

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
mahalaxmi_nagarpalika.png

काठमाडौ । एक जना उम्मेदवारले मत गणना रोक्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएपछि बिहीबार विहानैदेखि रोकिएको महालक्ष्मी नगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । बुधबार साँझ निर्वाचन अधिकृतको कार्यालयमा नगरपालिकाको वडा नं ६ मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका महेन्द्र कुमार अग्रवालले उजुरी दिएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत राम घिमिरेले जानकारी दिए । 

उनका अनुसार महर्जनले एउटा गन्नुपर्ने मतपत्र नगनेको तर नगन्नुपर्ने मतपत्र गनेको आरोप सहित उजुरी दिएपछि नगरपालिका भरी नै मतगणना रोकिएको हो । सो उजुरीको अन्तिम निर्णय गर्नको लागि निर्वाचन आयोगमा पठाईसकिएको भन्दै आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुने उनले जानकारी दिए । 

बुधबार राती नै उजुरी परेको  भएपनि सो दिन राती भएकोले बिहीबारदेखि मात्रै मत गणना रोकिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ