महालक्ष्मी नगरपालिकामा बिहीबार बिहानदेखि रोकिएको मतगणना अझै सुरु भएन
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
682
Shares
काठमाडौ । एक जना उम्मेदवारले मत गणना रोक्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएपछि बिहीबार विहानैदेखि रोकिएको महालक्ष्मी नगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । बुधबार साँझ निर्वाचन अधिकृतको कार्यालयमा नगरपालिकाको वडा नं ६ मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका महेन्द्र कुमार अग्रवालले उजुरी दिएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत राम घिमिरेले जानकारी दिए ।
उनका अनुसार महर्जनले एउटा गन्नुपर्ने मतपत्र नगनेको तर नगन्नुपर्ने मतपत्र गनेको आरोप सहित उजुरी दिएपछि नगरपालिका भरी नै मतगणना रोकिएको हो । सो उजुरीको अन्तिम निर्णय गर्नको लागि निर्वाचन आयोगमा पठाईसकिएको भन्दै आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुने उनले जानकारी दिए ।
बुधबार राती नै उजुरी परेको भएपनि सो दिन राती भएकोले बिहीबारदेखि मात्रै मत गणना रोकिएको हो ।