arrow

उपत्यका महानगर भिडन्त:  काठमाडौँमा एमाले र ललितपुरमा काँग्रेसको अग्रता कायमै

logo
प्रकाशित २०७४ जेठ ४ बिहिबार
Congress-UML_Election.jpg

काठमाडौँ। काठमाडौं महानगरपालिकामा आज साँझ १० बजेसम्मको मतगणना अनुसार नेकपा (एमाले) को अग्रता कायमै छ । 

प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य छ हजार ६४८ मतसहित अग्रस्थानमा छन् भने उहाँलाई नेपाली काँग्रेसका राजुराज जोशीले चार हजार २२७ मतले पछ्याइरहेका छन् । 

त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले दुई हजार ७५६ मत र साझा पार्टीका किशोर थापाले एक हजार १९९ मत प्राप्त गरेका छन्। 

त्यस्तै उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले पाँच हजार ६८७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले तीन हजार ७३८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए । आयोगका अनुसार काठमाडौं महानगरपालिकामा हालसम्म १९ हजार ७३८ मतगणना भएको छ । 

यसैगरी ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसको अग्रता कायमै छ । तीस हजार मत गणना गणिसक्दा प्रमुखमा काँग्रेसका चिरीबाबु महर्जनले १४ हजार ७७४ मत प्राप्त गरेका छन् । उनलाई नेकपा(एमले)का हरिकृष्ण ब्यञ्जनकारले १३ हजार ५५२ मतसहित पछ्याइरहेका छन् । 

त्यस्तै साझा पार्टीका रमेश महर्जनले पाँच हजार ८९४ मत र नेकपा(माओवादी केन्द्र)का दिनेश महर्जन(दीपेश)ले दुई हजार १७० मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले  जानकारी दिए । 

ल्लितपुर वडा नं ११ मा नेकपा(एमाले)का इन्द्रमणि महर्जन विजयी भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ