arrow

यस्तो छ स्याङ्जाको नतिजा : गाँउपालिकामा एमाले बलियो, नगरपालिकामा काँग्रेस

५५ वडा अध्यक्षमा एमाले, ३९ मा काँग्रेस विजयी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ जेठ ४ बिहिबार
syanja.jpg

स्याङ्जा । वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । स्याङजामा १० स्थानीय तहमा प्रमुख तथा उपप्रमुखको टुङगो लागेको छ, भने १ तह पुतलीबजार नगरपालिकाको भने विहिबार रातिसम्म अन्तिम परिणाम आउने बताइएको छ ।  

११ स्थानीय तह रहेको स्याङजामा ५ नगरपालिका र ६ गाउँपालिका छन् । जसमा ९७ वडा छन् । अन्तिम मत परिणाम आएको १० स्थानीय तहका ९४ वडा मध्ये ५४ वडामा एमाले विजयी भएको छ भने ३९ वडामा काँग्रेस र १ वडामा माओवादी केन्द्र विजयी भएको छ ।  

मतपरिणाम आएका नगरपालिका मध्ये गल्याङमा एमालेले मेयर र उपमेयरमा जित हासिल गरेको छ, भने ३ नगरपालिका वालिङ, चापाकोट र भीरकोटमा  काँगे्रसको जिवयी भएको छ ।

त्यस्तै, पुतलीबजार नगरपालिकामा भने अहिलेसम्म नेकपा एमालेले अग्रस्थान कायमै राखेको छ ।  ६ गाउँपालिका मध्ये हरिनास, फेदिखोला, आँधीखोला, विरुवा र कालीगण्डकीमा एमालेले विजयी भएको छ भने, अर्जुनचौपारीमा मात्रै काँगे्रस विजयी भएको छ ।

गाउँपालिका तर्फ ५ र नगरपालिकातर्फ १ गरी एमालेले ६ तहमा विजय हासिल गरेको छ भने नेपाली कागे्रसले ३ नगरपालिका र १ गाउँपालिका गरी ४ तहमा नेपाली कागे्रसले जित हासिल गरेको छ ।

वालिङ नगरपालिकाका मेयर र उपमेयरमा नेपाली काग्रेसका दिलिपप्रताप खाँण र कल्पना तिवारी विजयी भएका छन् । मेयरमा विजयी खाँणले १० हजार ६ सय मत प्राप्त गरे,  भने निकटतम् प्रतिस्पर्धी एमालेका पुण्य प्रसाद अर्यालले ८ हजार ७ सय ४९ मत पाए । त्यस्तै, उपमेयर नेपाली काँग्रेसका तिवारीले ९ हजार ८ सय ९५ मत प्राप्त गर्द प्रतिस्पर्धी एमालेकी खगिसरा थापाले ९ हजार ३ सय ५७ मत ल्याइन् । मेयर बीचको मत अन्तर १८ सय २१ रहेको छ भने उपमेयरका अन्तर ५ सय ३८ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ