arrow

तनहुँको व्यासमा काँग्रेसको झण्डा गाडियो, उपमेयरमा करिव १० हजारको फरक

logo
प्रकाशित २०७४ जेठ ४ बिहिबार
thnahu-result.png

तनहुँ। तनहुँको व्यास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका वैकुण्ठनाथ न्यौपाने विजयी भएका छन्। न्यौपानेले नेकपा एमालेका मेयर उम्मेदवार शंकरनारायण श्रेष्ठमाथि जित हासिल गरेका हुन्। मेयरमा विजयी न्यौपानेले १३ हजार ५६ मत प्राप्त गर्दा श्रेष्ठले ९ हजार पाँच सय ९१ मत पाएका थिए। 

उपमेयरमा पनि काँग्रेसकी मिरा जोशी विजयी भइन। जोशीले नेकपा माओवादी केन्द्रका उपमेयरकी उम्मेदवार अतिन्द्रकेशरी न्यौपानेलाई पराजित गरिन। उपमेयरमा विजयी जोशीले १३ हजार दुई सय ६० मत पाइन भने उनलाई पछ्याएका न्यौपानेले तीन हजार चार सय ७७ मत पाए। व्यास नगरपालिकामा विजयीले पाएको यो मतान्तर हालसम्म सार्वजनिक परिणाममध्ये सबैभन्दा धेरै हो।

काँग्रेसले व्यासका १४ मध्ये १३ वडामा जित हासिल गरेको छ। काँग्रेसका प्रभावशाली सबै नेताका आफ्नो गृह जिल्ला निर्वाचन क्षेत्र नगरपालिका र गाउँपालिकामा कमजोर प्रदर्शन हुँदा काँग्रेसका नेताहरु रामचन्द्र पौडेल, शंकर भण्डारी, प्रदिप पौडेल, गोविन्द भट्टराई लगायतका नेताहरु भएको जिल्लामा भने काँग्रेसको साख जोगिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ