प्रेस युनियनका केन्द्रीय सदस्य गौतम वडाध्यक्षमा विजयी
प्रकाशित २०७४ जेठ ४ बिहिबार
258
Shares
बागलुङ । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम् धौलागिरि संयोजक ज्ञानेन्द्र गौतम बागलुङ नगरपालिका–११ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका गौतमले ६०४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दलबहादुर थापाले ४०१ मत प्राप्त गरे ।
गौतमको दुई दशकदेखिको पत्रकारिता यात्रा स्थानीय तहको निर्वाचसँगै राजनीतितिर मोडिएको छ ।
गौतम सदरमुकामस्थित सामुदायिक रेडियो बागलुङको स्टेसन म्यानेजर र ई–बागलुङ अनलाइन पत्रिकाको सम्पादकसमेत हुन् ।
उनले यसअघि अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकलगायतका सञ्चारमाध्यममा काम गरिसकेका छन् । रासस