arrow

म्याग्दीमा नगरपालिकासहित ३ गाउँपालिकामा काँग्रेस

logo
प्रकाशित २०७४ जेठ ४ बिहिबार
myagdi-congress.png

बेनी । गत वैशाख ३१ गते बिहिबार बिहान सम्पन्न भएको छ । म्याग्दीका एक नगरपालिका र पाँच गाउँपालिकासहित छवटा स्थानीय तहमा भएको निर्वाचनमा बेनी नगरपालिकाको प्रमुखसहित अन्नपूर्ण, मालिका र रघुगङ्गा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने मङ्गला र धौलागिरि गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख केदारनाथ पौडेलले जानकारी दिए । 

बेनी नगरपालिकाको प्रमुखमा नेकाका हरिकुमार श्रेष्ठले पाँच हजार ६७९ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रमोद श्रेष्ठले पाँच हजार ६३४ मत प्राप्त गरे । 

त्यसैगरी, अन्नपूर्ण गाउँपालिकामा नेकाका क्या डमबहादुर पुन गाउँपालिका प्रमुखमा निर्वाचित भए ।

उनले तीन हजार ३२० मत प्राप्त गरे भने प्रतिस्पर्धी नेकपा एमालेका नारायण पुनले तीन हजार १२७ मत प्राप्त गरे । 

त्यस्तै, रघुगङ्गा गाउँपालिकामा नेकाका भवबहादुर भण्डारी निर्वाचित भए । भण्डारीले चार हजार ४३४ मत प्राप्त गरे भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्षका उम्मेदवार खिमबहादुर शाहीले दुई हजार ७३० मत प्राप्त गरेको रघुगङ्गा गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कुइँकेलले जानकारी दिए । 

त्यसैगरी, उपाध्यक्षमा पनि नेकाकै कमला तिलिजाले तीन हजार ८४७ मत प्राप्त गरी विजयी भइन् । 

उनका प्रतिस्पर्धी एमाले–माओवादी केन्द्र गठबन्धनका हरि भण्डारीले दुई हजार ६६२ मत प्राप्त गरे । 

त्यस्तै, मालिका गाउँपालिकाको अध्यक्षमा पनि नेकाका श्रीप्रसाद रोका दुई हजार ७०६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भए । 

उनका प्रतिस्पर्धी नेकपा एमालेका बेगप्रसाद गर्बुजाले दुई हजार ६२२ मत प्राप्त गरे । 

पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकी थमसरा पुन विजयी भए । उनले दुई हजार ४६० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रिमप्रकाश थापाले दुई हजार १६८ मत प्राप्त गरे । 

त्यस्तै, मङ्गला गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार सतप्रसाद रोका निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ