arrow

नवलपरासीको मध्यबिन्दुमा काँग्रेसबाट प्रमुख र उपप्रमुख

logo
प्रकाशित २०७४ जेठ ४ बिहिबार
nawalparasi_map_new.png

नवलपरासी । मतगणना सम्पन्न भएको नवलपरासीको मध्यबिन्दु नगरपालिकामा पनि नेपाली काँग्रेसले जित हासिल गरेको छ, जसअनुसार प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारद्वय विजयी भएका छन् । 

नेकाका चन्द्रबहादुर रानाले एमालेका भीमलाल अधिकारीलाई ९३१ मत अन्तरले पराजित गरेका हुन् । 

नेकाका चन्द्रबहादुर रानाको पक्षमा १० हजार ९९६ मत रहेको थियो भने एमालेका भीमलाल अधिकारीको पक्षमा १० हजार ६५ मत रहेको थियो । 

त्यसैगरी, उपप्रमुखमा पनि नेकाकै उम्मेदवार ओमकुमारी महतो विजयी भइन् । 

ओमकुमारी महतो १० हजार ८३५ मत प्राप्त गर्दै मध्यबिन्दु नगरपालिकाको उपप्रमुख पदमा विजयी भइन् । 

उपप्रमुखमा ओमकुमारी महतोले ८०२ मत अन्तरले नेकपा एमालेकी जोगमाया महतोलाई पराजित गरेकी हुन् । 

जोगमाया महतोले १० हजार ३३ मत प्राप्त गरेकी हुन् । 

१५ वटा वडा रहेको मध्यबिन्दु नगरपालिकामा १० वटा वडामा नेपाली काँग्रेस विजयी भएको छ भने पाँचवटा वडामा नेकपा एमाले विजयी भएको छ । 

नवलपरासीमा पहिलो चरणमा निर्वाचन भएका आठवटा तहका निर्वाचनमध्ये हालसम्म छवटा स्थानीय तहको मात्र मतगणना पूरा भएको छ । 

छवटामै प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवारले विजय हासिल गरेका छन् । तीमध्ये चारवटै गाउँपालिका र दुईवटा नगरपालिकाको प्रमुखमा नेकाका उम्मेदवारले विजय हासिल गरेका छन् । 

यस अगावै देवचुली नगरपालिकाका साथै बुलिङटार, हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकामा काँग्रेस विजयी भइसकेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ