arrow

कास्की काँग्रेसका नेताकै क्षेत्रमा काँग्रेसको स्थित कमजोर भएपछि उठ्यो प्रश्न

logo
प्रकाशित २०७४ जेठ ३ बुधबार
congress-pokhara-village.jpg

कास्की। स्थानिय तहको चुनावमा कास्कीमा काँग्रेसको प्रदर्शन राम्रो हुन नसक्दा अनेक कोणबाट टिप्पणीहरु हुन थालेका छन्। यस क्रममा पार्टीका केन्द्री तहका नेताहरु सांसदहरु जिल्ला तहका नेताहरु भएको ठाउँमा कस्तो अवस्था रह्यो भन्ने पनि टिप्पणी शरु भएको छ। 

पार्टीकै नेताहरुको प्रभाव क्षेत्रमा पनि पार्टिको हैसियत खस्किदा यसको बारेमा सार्वजनिक रुपमै प्रश्न उठ्न थालेका छन्।

नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष तथा स्थानिय काँग्रेसकै नेता समेत रहेका गंगाधर पराजुलीले सामाजिक सञ्जालमै काँग्रेसका नेताहरुको भुमिकाको बारेमा प्रश्न उठाएका छन्। 

गंगाधर पराजुलीले फेसबुकमा लेखेका छन्,  'नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद जीवन परियार र कास्की काँग्रेसका पूर्व सभापति एवं सांसद यज्ञ बहादुर थापा दुबैको मुख्य प्राथमिकतामा परेको रुपा गाउंँपालिका , कास्की काँग्रेसका सभापति क्रष्ण के सी को गाउँ मादी गाउँपालिका , सांसद शारदा पौडेलको वडा पोखरा लेखनाथ -१ , पुर्व राज्य मन्त्री महादेव गुरुङको क्षेत्रको माछापुछ्रे गाउँपालिका , काँग्रेस नेताहरु शोभियत बहादुर अधिकारी , देवराज चालिसे र विरेन्द्र नारायण बिजुक्छे जस्ता नेताको वडा पोखरा महानगर -८ मा नै काँग्रेस उकालो लाग्न नसकेपछि अरु ठाउको अवस्था के होला ? अनुमान गर्ने कि ???  '



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ