arrow

निर्वाचन आयोगलाई नटेर्ने सात उपसचिव कारबाहीमा

logo
प्रकाशित २०७४ जेठ ३ बुधबार
election-commission.jpg.jpeg

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जिम्मेवारी पूरा गर्न अटेर गर्ने सात कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि खटिने कर्मचारीले आयोगले दिएको नियुक्तिपत्र समेत नलिई गैरजिम्मेवार व्यवहार गरेको भन्दै सात उपसचिवलाई कारबाही गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा ती उपसचिवलाई सचेत गराई १५ दिनभित्र त्यसको जानकारी आयोगलाई उपलब्ध गराउन भनिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ