एमाले अध्यक्ष ओलीले मत हालेको वडामा काँग्रेस विजयी
प्रकाशित २०७४ जेठ ३ बुधबार
701
Shares
भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा नेपाली काँग्रेसले जीतेको छ।
ओलीको निवास रहेका कारण एमालेको मजबुत वडाका रुपमा हेरिएपनि काँग्रेसले सूर्यविनायकको दुई नम्वर वडामा जीत हासिल गरेको हो।
ओली वालकोट क्षेत्रमा बसेपछि धेरै एमाले कार्यकर्ताहरुले त्यस क्षेत्रमा मतदाता नामावलीमा सारेपनि काँग्रेसले त्यहाँ आफ्नो पकड राम्रो रहेको यो जीतले देखाएको छ।
सूर्यविनायक उक्त वडामा काँग्रेसका कमलनाथ आचार्यको पक्षमा मतपरिणाम आएको छ । यसैगरी सो वडामा महिला सदस्यमा कान्छीमाया श्रेष्ठ, दलित सदस्यमा मुना परियार, खुला सदस्यमा सुवासकुमार कार्की विजयी भएका छन् ।
सो वडामा एमालेका तर्फबाट खुला सदस्यमा विश्वराज विष्ट विजयी भएका छन् ।