दैलेखका ६ स्थानीय तहको परिणाम आयो, एमालेको भागमा ५, काँग्रेसको भागमा एउटा
प्रकाशित २०७४ जेठ ३ बुधबार
210
Shares
दैलेख । दैलेखका ११ वटा स्थानीय तहमध्ये छ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । टाँठीकाँध गाउँपालिका, भैरवी गाउँपालिका, चामुण्डा बिन्द्रासनी नगरपालिका, महावु गाउँपालिका, डुङ्ग्रेश्वर गाउँपालिका र नारायण नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।
नारायण नगरपालिका, महावु गाउँपालिका र भैरवी गाउँपालिका, ठाँटीकाँध गाउँपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिकामा नेकपा एमालेले बाजी मारेको छ । नेपाली काँग्रेस डुङ्ग्रेश्वर गाउँपालिकामा विजयी भएको छ ।
नारायण नगरपालिकाको प्रमुखमा एमालेका रत्नबहादुर खड्का र उपप्रमुखमा सावित्रा मल्ल क्रमशः चार हजार ७२५ मत र चार हजार ८६६ मतसहित विजयी भए ।
यस्तै, महावु गाँउपालिका एमालेका अध्यक्ष पदका उम्मेदवार जङ्गबहादुर शाही र उपाध्यक्षमा प्रेमकुमारी बुढा क्रमशः तीन हजार ५२२ र तीन हजार ८०८ मतसहित विजयी भएका छन् ।
भैरवी गाउँपालिकामा पनि एमालेका प्रेमबहादुर बुढा र उपाध्यक्षमा पदम विष्ट क्रमशः तीन हजार ५८४ मत र तीन हजार ४७८ मत सहित विजयी भए ।
यसैगरी, डुङ्ग्रेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नगेन्द्र मल्ल र उपाध्यक्षमा सीता ज्ञवालीले क्रमशः दुई हजार ७८७ र दुई हजार ६२८ मतसहित निर्वाचित भएका छन् ।
चामुण्डा विन्द्रासैनी नगरपालिकाको अध्यक्षमा एमालेका सूर्यबहादुर शाही र उपाध्यक्षमा ताराकुमारी शाहीले क्रमशः दुई हजार ७१३ मत र दुई हजार ९५४ मतसहित विजयी भएका छन् ।
टाँठीकाँध गाउँपालिकामा एमालेका धीरबहादुर शाही एक हजार ९२४ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उपाध्यक्षमा सुम्मिता सिंह एक हजार ९७८ मत प्राप्त गरेर विजय हासिल गरे ।