सल्यानको छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष काँग्रेसकै
शुरेस श्रेष्ठ
प्रकाशित २०७४ जेठ ३ बुधबार
685
Shares
सल्यान। सल्यानको छत्रेश्वरी गाउँपालिकामा काँग्रेसले अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएको छ।
छत्रेश्वरीमा नेपाली काँग्रेसका अध्यक्ष सन्तोष के.सी. २९२२ मत ल्याएर विजयी भएका छन्। त्यसैगरि उपाध्यक्षमा काँग्रेसबाटै सिता के.सी. २८१४ मत ल्याएर विजयी भएका छन्।
छत्रेश्वरीको अध्यक्ष र उपाध्यक्षको प्रत्यासीमा नेकपा एमालेका ओज बहादुर बुढाथोकीले २७०२ र उपाध्यक्षमा बुद्धा कुमारी खत्री केसीले २७४७मत ल्याएका छन्।
७ वटा वडा रहेको छत्रेश्वरी गाउँपालिकामा वडा नम्वर १, ६ र ७ मा नेपाली कांग्रेस, ३, ४, र ५ मा नेकपा एमाले तथा २ नम्वर वडामा माओवादी केन्द्रले विजय हासिल गरेका छन् ।