काठमाडौं । आइतवार भएको स्थानीय तहको निर्वाचनको पछिल्लो मत परिणाम अनुसार जिल्लाको सवैभन्दा ठुलो नगरपालिका भेरी नगरपालिकाको मेयरमा एमालेका सीपी घर्ती विजयी भएका छन् । उनले ४हजार २ सय ९२ मत ल्याएर विजयी भएका हुन ।
उनका निकटतम प्रतिद्धन्दी काँग्रेसका सनतकुमार कार्कीले ३ हजार ७ सय ८६ मत पाएका छन् । त्यस्तै उपमेयरमा एमालेकै भावना भण्डारीले ४ हजार ६४ मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रकी कृष्णा शर्माले ३ हजार ५ सय ४ मत प्राप्त गरेकी छिन् ।
अहिलेसम्म जिल्लामा एक नगर र एक गाउँपालिकामा एमालेले प्रमुख उपप्रमुख जितेको छ भने काँग्रेसले दुइवटा गाउँ पालिकामा प्रमुख र एक गाउँपालिकामा उपप्रमुख जितेको छ । वारेकोट गाउँ पालिकाको प्रमुखमा नेपाली काँग्रेसका महेन्द्रवहादुर शाह ९ मतअन्तरले विजयी भएका छन् । प्रतिद्धन्दी माओवादी केन्द्रका तिलकवहादुर रावतलाई हराउँदै शाह विजयी भएका हुन् ।
शाहले ३ हजार एक सय ३८ मत पाएका छन् भने रावतले ३ हजार १ सय २९ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी उमा शाही विजयी भएकी छिन् उनले २ हजार २ सय २४ मत पाएकी छिन् । उनकी निकटतम प्रतिद्धन्दी एमालेकी गीता सिंह हुन् ।
मत परिणाम अनुसार कुसे गाउँपालिकामा काँग्रेसका हरिचन्द्र वस्नेत प्रमुख र उपप्रमुखमा काँग्रेसकै रामछाया शाही विजयी भइसकेका छन् । त्यस्तै एमालेका तर्फवाट शिवालय गाउँपालिकामा प्रमुखमा नरेन्द्रवहादुर शाही र उपप्रमुखमा एमालेकै कुमारी थापाले जीत हात पारेकी छिन् । त्रिवेणी नलगाड नगरपालिका माओवादी केन्द्रका टेकवहादुर रावलले ३ हजार १५ मतले अग्रता लिइरहेका छन्भने नेपाली काँग्रेसका छवि पन्तले २ हजार २ सय ३० मतले पछयाइरहेका छन् ।
त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी वालकुमारी वस्नेतले २हजार ८ सय २२मतलेअग्रता लिएकी छिन् उनलाई काँग्रेसकी धनसरा शाहीले २ हजार १सय ८४मतले पछयाइरहेकी छिन् । अन्य नगरपालिका र गाँउपालिकाको मतगणनाको अवस्था भौगोलिक विकटता र मौसमी खरावीका कारण विहान सम्म नआएको निर्वाचन समन्वय समितिका संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले वताए ।