दोलखा। दोलखाको जिरी नगरपालिकामा एमालेका टंक जिरेल विजयी भएका छन्। उपमेयरमा पनि एमाले नै विजयी भएको छ।
स्थानिय चुनाव हुनु केहि समय अघी काँग्रेस छोडेर एमालेमा प्रवेश गरेका जिरेललाई एमालेले मेयरको टिकट दिएको थियो।
जिरेलले ३ हजान २ सय १२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वि माओवादी केन्द्रका गेल्बु शेर्पाले २ हजार १ सय ०६ मत ल्याए।
उपमेयरमा एमालेकी कृष्णमाया बुढाथोकी विजयी भएकी छिन्। उनले ३ हजार ३ सय ६८ मत प्राप्त गरिन्। उनकी प्रतिष्पर्धी माओवादी केन्द्रकी चित्रमाया शर्माले १ हजार ९ सय ४१ मत मात्र प्राप्त गरिन्।