चितवन कालिका नगरपालिका–११ मा मतदान सन्पन्न, ८१ प्रतिशत मत खस्यो
प्रकाशित २०७४ जेठ २ मंगलबार
671
Shares
रत्ननगर (चितवन) । पूर्वी चितवनको कालिका नगरपालिकामा आज मतदान सम्पन्न भएको छ । चट्याङ लागेर उम्मेदवारको मृत्यु भएपछि स्थगित भएको चितवनको कालिका नगरपालिका–११ मा आज शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको मतदान अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार उक्त वडामा ८२० मतदाता रहेकामा ६६४ मत(८१ प्रतिशत) खसेको शर्माले जानकारी दिए।
मतगणनाको विषयमा आजैका लागि सर्वदलीय बैठक बोलाइएको र बैठकको निर्णयअनुसार मतगणनाका क्रम अघि बढ्ने शर्माले जानकारी दिए। वैशाख २६ गते वर्षासँग परेको चट्याङ लागेर नेकपा (माओवादी केन्द्र)बाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो ।
सोही कारण यहाँ वैशाख ३१ मा मतदान रोकिएकाले आज मतदान भएको हो । मृतक सिफलको स्थानमा माओवादी केन्द्रले सुकराम चेपाङलाई उम्मेदवार बनाएको छ । दलित नभएकाले यहाँ दलित महिलामा भने कुनै उम्मेदवारी परेन । कालिका नगरपालिकामा २२ हजार ९८७ मतदाता रहेकामा यसअघि अन्य १० वडामा १७ हजार ९४३ मत खसेको थियो । रासस