arrow

तारकेश्वर र सूर्य विनायकको १ नं वडामा एमाले विजयी

logo
प्रकाशित २०७४ जेठ २ मंगलबार
cpnuml.jpeg

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका र भक्तपुरको सूर्यविनायक नगरपालिकाको– १ नं वडामा वडाध्यक्षसहित नेकपा (एमाले)को टोली विजयी भएको छ । एमालेका विदुर सापकोटाले ८३९ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेशमान सिंह कुँवरले ६७७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । 

नेकपा(माओवादी केन्द्र)का भरत भट्टले २८५ मत प्राप्त गरेका थिए । नगरका निर्वाचन अधिकृत निर्मला योङ्याका अनुसार नगरपालिकाका वडा नं २ र वडा नं ३ को मतगणना जारी छ । त्यसैगरी नगरपालिका प्रमुखमा एमालेका रामेश्वर बोहोराले ७८७, काँग्रेसका श्रीराम थापाले ६६६, माओवादी केन्द्रका धनलाल महर्जनले ३०२, राप्रपाका राजकुमार खड्काले ५३ र नयाँ शक्ति पार्टीका वासुदेव फुयाँलले १० मत प्राप्त गरेका छन्  । 

उता सूर्यविनायकमा  बिहान सम्पन्न मतगणनाको परिणामानुसार सो वडाका अध्यक्षमा एमालेका सानुकाजी कायस्थ तथा वडा सदस्यमा बाबुकाजी श्रेष्ठ, प्रदीप कार्की, अम्बिका न्यौपाने र कल्पना नेपाली विजयी भएको निर्वाचन अधिकृत दुर्गा गुरुङले जानकारी दिए। मत विवरण आउन बाँकी नै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ