arrow

भक्तपुरमा विजुक्छेको नेमकिपाले खाता खोल्यो

logo
प्रकाशित २०७४ जेठ २ मंगलबार
bhaktapur.png

भक्तपुर  । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले खाता खोलेको छ । भक्तपुर नगरपालिकाको वडा नं १ को बिहान सम्पन्न मतगणनामा नेमकिपाका श्यामकृष्ण खत्रीको प्यानलनै विजयी भएको हो ।

खत्रीले एक हजार ३७६ मत ल्याई विजयी भए । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पवन भुजुले ५०४ मत ल्याएका थिए भने एमालेका नारायणसुन्दर सिन्ताकलले ४३८ मत ल्याए । महिला सदस्यमा नेमकिपाका गङ्गालक्ष्मी बमनु, सदस्यद्वयमा विश्वराज शिल्पकार र सूर्यप्रसाद श्रेष्ठ विजयी भएका छन् ।

पछिल्लो मतगणना परिणाम अनुसार भक्तपुरको नगर प्रमुखमा नेमकिपाका सुनिल प्रजापतिले एक हजार ५९७ र उपप्रमुखमा रजनी जोशीले एक हजार ५९२ मत ल्याई अग्रता कायम राख्नुभएको छ भने नेपाली काँग्रेसका राम कासुलाले ५२४ र गङ्गा अवालले ५०३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका अष्ट कवेको अग्रता कायम नै रहेको छ । मध्यपुरथिमि–१ को दुईहजार ९३७ मतमध्ये एक हजार ७५० मतको गणना हुँदा कवेले ८७७ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् । नेकपा (एमाले)का मदनसुन्दर श्रेष्ठले ७०६ मत ल्याई कवेलाई पछ्याउँदैछन् ।

उपप्रमुखमा काँग्रेसका अञ्जना मधिकर्मीले ७८२ र नेमकिपाका केदार खड्काले ४८५ मत प्राप्त गरे ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ