दैलेखमा एमालेको उन्माद, काँग्रेस कुटेपछि दैलेखबजार तनावग्रस्त
प्रकाशित २०७४ जेठ २ मंगलबार
259
Shares
दैलेखबजार । दैलेख सदरमुकाम दैलेखबजार सोमबार मध्यरात तनावग्रस्त बनेको छ । एमालेका उम्मेदवारले जितेपछि रातारात निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवारको घर वरिपरि विजयी नारा लगाउनुका साथै काँग्रेसका कार्यकर्तामाथि हातपात गर्दै ढुङ्गामुढा गरेपछि बजार तनावग्रस्त बनेको हो ।
काँग्रेस कार्यकर्ताहरुले एमालेले रातिका समयमा गरेको यो हर्कत र आफूहरुमाथि ढुंगामुढा गरेको उजुरी प्रहरी कार्यालयमा गरे पनि प्रहरीले ढुंगामुढा गर्नेकै पक्ष लिएपछि बजार अशान्त भएको हो ।
मध्यरातमा एमालेको रवैया र प्रहरीको बेवास्ताप्रति रुष्ट हुँदै काँग्रेसका कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका हुन् । झण्डै तीन सयको संख्यामा रहेका काँग्रेसीहरुको विरोधमा बालबालिकादेखि बुढाबुढीसमेत रहेका छन् ।
उनीहरुले प्रहरीले माफी माग्नुपर्नेसमेत माग राखेका छन् ।