कहाँ के कारणले हुन सकिरहेको छैन मतगणना ? (विवरण सहित)
प्रकाशित २०७४ जेठ १ सोमबार
692
Shares
काठमाडौं। वैशाख ३१ गते स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचनका लागि भएको निर्वाचनको पछिल्लो विवरण आउन थालेको छ । यसरी निर्वाचन सम्पन्न भएका स्थानीय तहमध्ये सोमबार बिहान ७ बजेसम्म ७९ स्थानीय तहको मतगणना कार्य सुरु भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार रसुवा, धादिङ, डोल्पा, हुम्ला, गोरखा, मुगुलगायतका हिमाली तथा विकट क्षेत्रका मतदान केन्द्रका मतपेटिकाहरू हेलिकोप्टरबाट बिहान सम्बन्धित केन्द्रसम्म ल्याउने क्रम सुरु भएको आयोगले जनाएको छ ।
तर हुँदाहुँदैपनि निर्वाचन भएका धेरै ठाउँबाट मत गणना हुन सकेको छैन । निर्वाचन आयोगले दिएको जानकारी अनुसार निम्नलिखित स्थानीय तहहरुमा विविध कारणले निर्वाचनको मत गणना हुन सकिरहेको छैन ।