काभ्रे रोशी गाउँपालिका ११ नं वडामा नेपाली कांग्रेसको प्यानलै विजयी
प्रकाशित २०७४ जेठ १ सोमबार
279
Shares
काभ्रे। रोशी गाउँपालिका ११ नं वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । ५८२ मत ल्याएर मिलन लामा वडाअध्यक्ष निर्वाचित भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका चन्द्रमाया तामाङले ४११ मत ल्याए भने माओवादी केन्द्रका बेनिबहादुर पुलामीले ९१ मत ल्याएका छन् ।
महिला सदस्यमा कांग्रेसकै जानुका श्रेष्ठ, दलित महिला सदस्यमा जानुका रसाइली र सदस्य पदमा कांग्रेसकै शंखबुद्ध लामा र चन्द्रबहादुर सिंगाली विजयी भएका छन् ।