arrow

मुस्ताङको लोमन्थाङ गाउँपालिकामा काँग्रेसको जित, अध्यक्ष–उपाध्यक्ष दुवै निर्वाचित

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
lomanthang.png

मुस्ताङ । मुस्ताङको लोमन्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस उम्मेद्वार विजयी भएका छन् । अध्यक्षमा काँग्रेसका सुवर्णकुमार विष्ट र उपाध्यक्षमा पेमा डोल्मा विष्ट विजयी भएका हुन् ।

दुई सदस्य एमाले र एक सदस्य माओवादी बाहेक सबै काँग्रेसकै उम्मेदवार विजयी भएका जिल्ला निर्वाचन अधिकारी सिताराम शर्मा लामिछानेले बताए ।

उनका अनुसार वडामा पनि एउटामा मात्रै माओवादीले जितेको र सबै काँग्रेसले जितेको छ । यस्तै, मुस्ताङकै घरपझोङको अध्यक्षर उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा आशबहादुर थकाली र उपाध्यक्षमा शर्मिला गुरुङ विजयी भएका हुन् । मुस्ताङमा पाँच वटा गाउँपालिका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ