arrow

काठमाडौंको शङ्खरापुर १ नम्बर वडामा एमाले विजयी

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
shankharapur.png

काठमाडौं । शङ्खरापुर नगरपालिकाको एक नम्बर वडामा एमालेका वडाध्यक्षसहित समूह नै विजयी भएको छ । वडाध्यक्ष पदमा एमालेका तर्फबाट श्याममणि ढुङ्गानाले ९२५ मत ल्याई विजयी हुनुभएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।

निकटतम प्रतिद्वन्दी माओवादीका मोहनाथ दङ्गालले ७४२ र काँग्रेसका रमेश तिवारीले ३५० मत पाए । निर्वाचित सदस्यमा विरबहादुर तामाङ, मधुकेशव तिमल्सिना, बुद्धिमाया तामाङ र चिनकुमारी दमाइ छन् ।

मेयरमा एमालेकै अग्रता
शङ्खरापुर नगरपालिकामा एमालेका सुवर्ण श्रेष्ठले ८५८, नेकपा माओवादी केन्द्रका कृष्णराज सुवेदीले ५७०, नेपाली काँग्रेसका शङ्कर तिवारीले ४०३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मीजेन्द्रकाजी श्रेष्ठले ६८ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत भुवनेश्वर पौडेलले बताए ।

उपप्रमुखमा एमालेकी शुक्रलक्ष्मी श्रेष्ठ ९१५, माओवादीकी इन्द्रकुमारी तामाङ ६४४, नेपाली काँग्रेसकी मञ्जु खड्काले ३५३ र राप्रपाकी बेली तामाङले ८८ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ