arrow

रञ्जुको ओपनिङ उत्साहजनक

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
ranju-darshana.jpg

काठमाडौं। विवेकशील नेपाली दलबाट काठमाडौं महानगरपालिकाकी उम्मेदवार रञ्जु दर्शनाको उत्साहजनक ओपनिङ भएको छ। काठमाडौं वडा नम्वर १को प्रारम्भिक मतगणना अनुसार दर्शनाको ओपनिङ उत्साहजनक देखिएको छ।

काठमाडौं महानगरको अहिलेसम्म मेयर पदका प्रत्यासीहरुले प्राप्त मत अनुसार एमाले राप्रपा गठबन्धनका उम्मेदवार विद्यासुन्दर शाक्यको ३५ मत आउँदा उनका निकटतम प्रतिद्वन्दी बनेका साझा पार्टीका उम्मेदवार किशोर थापाको २६ मत आएको छ। 

विवेकशील नेपालीकी रञ्जु दर्शना २५ मत र नेपाली काँग्रेसका राजुराज जोशीको जम्मा २३ मत आएको छ भने नेकपा माओबादी केन्द्रका उम्मेदवार सर्वोत्तमदास डंगोलको जम्मा २ मत आएको छ। 

यसरी मत परिणाम सार्वजनिक भईरहँदा धेरैको चासो भने स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना माथि नै रहेको छ। अहिले काँग्रेसको पकड एरिया मानिने महानगरपालिकाका १ नं वडामा मत गणना गर्दा उनको ओपनिङ उत्साहजनक देखिएको हो । यहि ट्रेण्ड कायम रहे रञ्जु र थापाले पुराना राजनीतिक दलहरुलाई चुनौती दिनसक्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ