तनहुँ। आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा किसान थापा ४९१ मत ल्याएर विजयी भएका छन्। माओवादी केन्द्रका प्रतिस्पर्धी द्वारिका श्रेष्ठले ४३१ मत र नेकपा एमालेका प्रतिस्पर्धी लिलाबहादुर खनालको २८७ मत ल्याएका छन्।
ऋषिङ गाउँपालिका वडा नंबर १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार श्रीबहादुर आलेको प्यानलै विजयी भएको छ । आईतबार साँझ सम्पन्न मतगणना परिणामअनुसार आलेले मुख्य प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष उम्मेदवार हिरासिं थापालाई पराजित गरेका हुन् ।
तनहुँको बन्दीपुर गाउँपालिका–६ को वडाध्यक्षमा नेपाली काँग्रेसका सन्तबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले ४ सय ९३ मत पाएका थिए । गुरुङका निकटम् प्रतिद्धन्दी एमाओवादी केन्द्रका उम्मेदवार हर्कमान गुरुङले २ सय ९१ र एमालेका उम्मेदवार इन्द्रबहादुर गुरुङले २ सय ४० मत पाएका थिए ।
भानुभक्त नगरपालिका १ डुम्रे भन्सारको ३०१ मत गणना गर्दा एमालेका मेयरले १२९ मत ल्याएका छन भने उपमेयरले १२६ मत ल्याएका छन्। कांग्रेसका मेयरको १०४ मत छ भने उप मेयरले ९७ मत ल्याएका छन्।