arrow

१९ मत गायब भएपछि दुधौली नगरपालिकामा मतगणना रोकियो

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
dudhauli_napa.png

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकामा मतगणना कार्य रोकिएको छ । वडा नम्बर २ मा खसेको मतभन्दा १९ मत कम भएपछि मतगणना कार्य रोकिएको हो ।

२ नम्बर वडामा एक हजार ८ सय ३० मत खसेकामा एक हजार ८ सय ११ मत मात्र भएपछि मतगणना कार्य रोकिएको दुधौलीका निर्वाचन अधिकृत नुरहरि खतिवडाले जानकारी दिए ।

मतदान अधिकृतले दिएको तथ्याङ्कभन्दा १९ मत कम भएपछि राजनीतिक दलहरु असन्तुष्ट बनेका छन् । दलहरुलाई सहमतिमा ल्याएर मतगणना सुरु गर्ने प्रयास गरिएको भए पनि दलहरु सन्तुष्ट हुन सकेका छैनन् ।

दुधौलीमा आइतबार भएको मतदानमा खसेको २७ हजार ५५ मतमध्ये अहिले बन्डल बनाएर मतगणना गर्न खोज्दा २७ हजार ३६ मात्रै मत भएपछि राजनीतिक दलहरुले मतगणना गर्न नमानेको दुधौली नगरपालिकाका निर्वाचन अधिकृत खतिवडाले जानकारी दिए ।

बिहान ११ः३० देखि मतगणना गर्न ५० वटाको बन्डल बनाउँदा १९ मत कम भएपछि राजनीतिक दलहरु असन्तुष्ट बनेको निर्वाचन अधिकृत खतिवडाको भनाइ छ ।

राजनीतिक दलहरुले मतगणना गर्न नमानेकाले मिलेसम्म मिलाउने र नभए सर्वपक्षीय बैठक बसेर निर्णय गर्ने मुख्य निर्वाचन अधिृकत पर्शुराम भट्टराईले जानकारी दिए । सिन्धुलीका अन्य स्थानमा मतगणना कार्य जारी छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ