कास्कीको मादी गाउँपालिका १ मा एमालेको प्यानल नै विजयी
प्रकाशित २०७४ जेठ १ सोमबार
226
Shares
कास्की । कास्कीको मादी गाउँपालिकाको वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । मादीकै २ र ३ नम्बर वडामा एमालेले अग्रता लिएको छ भने काँग्रेस दोस्रो स्थानमा छ ।
यस्तै, माछापुछ्रे गाउँपालिकामा ३ सय मत गणना भएको बताइएको छ । अन्नपूर्ण गाउँपालिकामा पनि मत गणना सुरु भएको छ ।
रुपा गाउँपालिका १ मा दुई सय मत गणना भएको छ । यस्तै, २ नम्बर वडामा सय मत गणना भएको छ । दुवैमा काँग्रेस अघि छ भने एमाले दोस्रोमा छ ।