काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारको अग्रता सुरु भएको छ। अहिलेसम्मको मत परिणाम अनुसार चन्द्रागिरिमा नेपाली काँग्रेसका मेयरका १०१२ मत आउँदा उपमेरको उम्मेदवारको ७४७ मत आएको छ। नेकपा एमालेका मेयरका उम्मेदवारको ५०२ मत आएको छ भने उपमेयरको ५५१ मत आएको छ।
नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवारको ५२२ मत आएको छ भने उपमेयरको उमेद्वारको ५६८ आएको छ। सो नगरपालिकामा काँग्रेसबाट घनश्याम गिरी, एमालेबाट प्रल्हाद कार्की र माओवादीबाट श्रीकृष्ण श्रेष्ठले मेयरमा उम्मेदवारी दिएका छन्।
चन्द्रागिरीको २ नम्वर वडा अध्यक्ष माओवादीबाट गोपी सुर्खेती निर्वाचित भएका छन्। वडा नम्वर १ मा भने एमालेका उमेद्वार विजयी भएका छन्।