यीनै हुन् दोलखामा काँग्रेस कार्यकर्तालाई गोली हान्ने इन्सपेक्टर
टाउकोमै हानियो गोली
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
765
Shares
चरिकोट । दोलखाको मेलुङ गाउँपालिका वार्ड नम्बर –१ स्थित पवटी (साविकको पवटी गाविस) को सत्यवर माध्यामिक विद्यालयको मतदान केन्द्रमा प्रहरीको गोली लागेर काँग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको छ ।
प्रहरीले काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले मतपेटिका लुट्न खोजेपछि गोली चलाउन बाध्य भएको बताउँदा काँग्रेस दोलखाका पूर्वसभापति ताराबहादुर कोइरालाले मतदान गरेर घर फर्किन लागेका कार्यकर्तालाई प्रहरीले गोली हानेको बताए । आफुहरुलाई मतदान केन्द्रमा देखेपछि प्रहरी त्यसै आक्रामक भएको उनले बताएका छन् । भुजेललाई प्रहरी निरीक्षक इन्सपेक्टर विनोद सुनुवारले प्रहार गरेको गोली लागेको हो ।
सुनुवारले काँग्रेसका पूर्व सभापति कोइरालालाई दागेको गोली ३५ वर्षीय नकुल भूजेलको टाउकोमा लागेको छ । अन्धाधुन्द गोली चलाउँदा अन्य १० जना घाइते भएका छन् । इन्पेक्टर सुनुवारले गोली चलाएपछि प्रमुख जिल्ला अधिकारीलाई रिपोर्ट गर्दा काँग्रेसले बुथ कब्जा गर्न खोज्यो, अनि गोली चलाउनु परेको भनेका, कोइरालाले बताएका छन् ।
गतबर्ष मात्रै दोलखा सरुवा भएर आएका सुनुवार केहि महिनापछि संखुवासभाको इलाका स्तरीय चौकीको प्रमुख भएर सरुवा भएर गएका थिए। चुनावको लागि भने उनी फेरि दोलखा झिकाइएका थिए। दोलखामा रहँदा काँग्रेसका नेताहरुसँग व्यक्तिगत रिसइवी राखेका सुनुवारको तत्कालिन दोलखा काँग्रेस सभापति तारा बहादुरसँग सम्वन्ध राम्रो थिएन। मेलुङ गाउपालिकामा गस्तीमा खटिएका सुनुवार पवटीमा आएर मतदान गरि फर्कन लागेका आफ्ना कार्यकर्तामाथि अन्धाधुन्द गोली हानेको कोइरालाले बताए। व्यक्तिगत रुपमा दोलखाका एमाले नेताहरुसँग नजिक रहेका सुनुवारले यसैकारण पनि प्रहरी कार्वाहीको नाममा काँग्रेस कार्यकर्तामाथि गोली हानेको काँग्रेसका स्थानिय नेताहरुको आरोप छ।
घटनाको सत्य तथ्य बुझ्न प्रमुख जिल्ला अधिकारी जयराज बोहरा हेलिकप्टरमा पवटी पुगेपनि खराव मौसमका कारण त्यहाँ पुग्न सकेनन्। गोली चलेपछि पवटीको मतदान स्थगित भएको छ । विपक्षी एमालेले ३ ठाउँमा धाँधली भएको भन्दै पुन मतदान गराउनु पर्ने भन्दै उजुरी हालेका छन् । निर्वाचन आयोगले भने देशभर ३ ठाउँमा स्थगित भएको मध्ये दोलखाको पवटीमा रहेको सत्यश्वर मावीको मतदान स्थगित भएको जनाएको छ ।