सिन्धुपाल्चोकमा एमाले-माओवादी र दैलेखमा काँग्रेस-एमालेका कार्यकर्ताबीच कुटाकुट
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
197
Shares
काठमाडौं। सिन्दुपाल्चोक र दैलेखमा मतदान केन्द्रमै झडप भएको छ। सिन्धुपाल्चोकको कगेश्वरी आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा एमाले र माओवादीका कार्यकर्ताबीच झडप भएको हो। झडप साम्य पार्न प्रहरीले ३ राउन्ड हवाई फायर समेत गरेको प्रहरीले जनाएको छ।
यस्तै, दैलेखको नारायण नगरपालिका ६ मा रहेको बसपार्क मतदान केन्द्रमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी एक जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।