काभ्रेको नमोबुद्धका जनताले गरेनन मतदान, पहिला हत्यारा पत्ता लगाउन माग
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
468
Shares
काभ्रे। काभ्रेको नमोबुद्ध -४ मेथनकोटस्थित जनक मावी केन्द्रको चुनाव स्थगीत भएको छ। नयाँ मिति निर्वाचन आयोगसँग छलफलपछि तय गरिने बताइएको छ। शनिवार स्थानिय नवराज पाठकको हत्यापछि सो गाउँमा स्थिति तनावग्रस्त रहेको छ। सो घटनालाई लिएर स्थानियले मतदान नगर्ने बताएपछि निर्वाचन स्थगित भएको हो।
काभ्रेको नमोबुद्धमा गोली लागेका स्थानीय नवराज पाठकको उपचारका लागि लगिएको धुलिखेल अस्पतालमा नै निधन भएको थियो। माओवादीले शसस्त्र प्रहरीको गोली लागि पाठकको मृत्यु भएको जनाएको छ भने नयाँ शक्तिले वाइकमा आएकाहरुले गोली हानि पाठकको हत्या गरेको आरोप लगाएको छ।
पाठकको मृत्यु हुनेगरि कस्ले गोली हानेको हो भन्नेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ। निर्वाचनको ९ घण्ठा अघी भएको घटनाले काभ्रेमा मतदाताको सुरक्षामा चिन्ता पैदा गरेको छ। अस्पतालबाट आफ्नतले पाठकको शव लैजान मानेका छैनन।