arrow

हवाइ फायर पछि दोलखाको जफेमा पुन मतदान

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
Dolakha_District.png

दोलखा। अधिकांश ठाउँमा मतदान शान्तिपूर्ण रुपमा भएपनि दोलखाका केहि मतदान केन्द्रमा मतदानमा तनावको स्थिति देखापरेको छ। यद्यपी ती ठाउँमा पनि सहमतिमा मतदान सुचारु भएका छन्। केहि समय काँग्रेस र एमालेका कार्यकर्ताहरुबीच तनावको स्थिति भएपछि प्रहरीले दोलखाको तामाकोशी गाउँपालिका जफेमा हवाईफायर गरेको थियो । ४ राउण्ड हवाइफायरपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो। अहिले शान्तिपूर्ण रुपमा मतदान भएको छ। 

विगुको आलम्पूमा पनि रोकिएको मतदान सूचारु भएको छ। त्यहाँ गएरातीदेखि नै तनावको स्थिति थियो। 

यसअघी दोलखाको वैतेश्वर गाउँपालिकाको पुतलीकाठ मतदान केन्द्रमा वुथ कव्जा गरेका एमालेका कार्यकर्ता र गुण्डाहरुलाई स्थानिय जनता र मतदान गर्न गएका मतदाताहरुले प्रतिकार गरि भगाइदिएका थिए। प्रहरीले समेत वुथ कब्जा गर्नेहहरुलाई भगाउन ४ रायण्ड हवाइ फायर गरेको थियो। 

स्थानियले हतियारधारीहरुसँग प्रतिकार गर्दा केहि हतियारधारी र केहि स्थानिय घाइते भएका छन् । प्रतिकारका क्रममा एमाले कार्यकर्ताले काँग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गरेका छन् । जसमा ४ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि चरिकोट लगिएको स्थानिय पत्रकार लाल कुमार तामाङले जानकारी दिएका छन्। 

बैतेश्वर गाउँपालिकाको गैरीमुदीमा पनि एमाले कार्यकर्ताले काँग्रेस कार्यकर्तामाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्दा चार जना घाइते भएका छन् । उनीहरुको टाउको हात र खुट्टामा चोट रहेको छ। जीवन तामाङको टाउकोमा खुकुरी हानिएको छ भने लाल बादुर तामाङमाथि पनि खुकुरी हानिएको छ। किरन तामाङ र पर्शुराम तामाङको खुट्टा भाँचिएको छ । 

त्यस्तै झुलेमा एमाले कार्यकर्ताले मतदान गर्न घरबाट निस्केका अच्यूत कार्कीमाथि मतदान केन्द्र पुग्नु अघीनै एमाले कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ