arrow

काठमाडौं महानगरपालिकाकी मेयरकी उम्मेदवार रञ्जु दर्शना लाइनमै बसेर मतदान गर्दै 

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
ranju-darshana.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाकी मेयरकी स्वतन्त्र उम्मेदवार (विवेकशील नेपाली दल) रञ्जु न्यौपाने दर्शनाले काठमाडौं वडा नम्बर ३ महाराजगञ्जस्थित राष्ट्रपति भवन अगाडिको मतदान केन्द्रबाट मतदान गर्दै छिन् । उम्मेदवारले लाइनमा नबसी मतदान गर्न पाउने भए पनि उनी भने लाइनमै बसेर मतदान गर्न लागेकी हुन् ।

उनले संक्षिप्त प्रतिक्रिया दिंदै भनिन्, ‘मतदातामा उत्साह थप्न र हौसला बढाउन लाइनमा बसेकी हुँ ।’

मतदान गर्न आउनुअघी उनले आम मतदातालाई अपिल गर्दै एक सन्देश पठाएकी थिइन।

आदरणीय मतदाता, 

स्थानीय तहको निर्वाचनमा म लगायतका प्रतिस्पर्धीहरुले आफ्नो दूरदृष्टि तथा योजनाहरु तपाईंहरु सामु राख्यौं । तपाईंहरुले निर्णय लिनको लागि आफूलाई आवश्यक पर्ने जानकारी ग्रहण गर्नु भयो होला भन्ने मैले आशा लिएको छु । अबको घडीमा मैले थप कुरा भन्नु आवश्यक छैन । 

निर्वाचन प्रक्रियामा सहभागी भई आफूले चाहेको/रोजेको उम्मेदवार छनौट गर्नुहोला । आफ्नो वर्तमान तथा भविष्यको लागि आवश्यक पर्ने प्रतिनिधि छान्ने यस गहन जिम्मेवारीलाई तपाईंले गम्भीरताका साथ लिनु हुनेछ नै भन्ने विश्वासका साथ म भन्न चाहन्छु #WeDeserveBetter 

रन्जु दर्शना 
उम्मेदवार, प्रमुख (मेयर),
विवेकशील नेपाली दल 
काठमाडौँ महानगरपालिका



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ