arrow

मतदान गर्ने बेला मौसमले साथ देला कि नदेला ?

logo
प्रकाशित २०७४ वैशाख २९ शुक्रबार
wether_n.JPG

काठमाडौं । स्थानीय चुनावको मतदान हुने वैशाख ३१ गते आइतबार मौसम कस्तो होला भन्ने धेरैको जिज्ञासा छ । मौसम पूर्वानुमान महाशाखाले स्थानीय तहको चुनाव हुने प्रदेश नम्बर ३, ४ र ६ को छुट्टा–छुट्टै मौसमीय अनुमानको विरण सार्वजनिक गरेको छ ।

महाशाखाले शुक्रबार साँझ आफ्नो वेवसाइटमा ‘स्पेसल वाटर बुलेटिन फर लोकल इलेक्सन’ भनेर तीन वटै प्रदेशको मौसम पूर्वानुमान निकालेको हो ।

महाशाखाको बुलेटिनमा ‘नेपालको दक्षिणि भाग नजिक रहेको पूर्व–पश्चिम फैलेको न्यून चापीय रेखा, पूर्वी नेपाल नजिक रहेको उत्तर–दक्षिण फैलेको न्यून चापीय रेखा, बंगालको खाडी बाट सतहीरुपमा आइरहेको जलवाष्पयुक्त हावा र पश्चिमी वायुको प्रभाव चुनावको दिनसम्म पनि रहने देखिएकाले मौसम वदली हुने देखिन्छ, भनिएको छ । यस्तै, अपरान्ह वा साँझ पख मेघ गर्जन सहित हल्का वर्षा हुने देखिन्छ विशेषत प्रदेश नम्बर ३ का केही स्थानमा र प्रदेश नम्बर ४ र ६ का एक दुई स्थानमा वर्षा हुने अनुमान गरिएको छ ।

महाशाखाले ७२ घण्टासम्मको पूर्वानुमान गरेको छ । आगामी ७२ घण्टाको पूर्वानुमान अनुसार प्रदेश ३ मा साँझपख वा अपरान्हतिर आंशिक वदली भई छिटफुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद् मीन कुमार अर्यालका अनुसार ३१ गते आइतबार मतदानका दिन प्रदेश ३ को माठमाडौँ उपत्यकामा विहानै देखि साँझ सम्म वदलीको अवस्था रहने छ । ४ र ६ नम्बर प्रदेशमा अपरान्हपछि वदली हुने र छिटपुट पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालले हाम्राकुरालाई जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ