हेर्नुहोला बुढानिलकण्ठलाई सबैले उत्कृष्ट नगर भन्ने दिन टाढा छैनः राजु श्रेष्ठ
प्रकाशित २०७४ वैशाख २८ बिहिबार
654
Shares
काठमाडौं। निर्वाचन प्रचार प्रसारको मौन अवधी शुरु हुने अघिल्लो दिन विहिवार कपन ह्याण्डवल चौरमा हजारौ मतदाताहरुको बीचमा आफ्ना कुरा राखेका बुढानिलकण्ठ नगरपालिकाका काँग्रेसका मेयरका प्रत्यासी राजु श्रेष्ठको 'वडी ल्याङग्वेज' बाटै प्रष्ट देखिन्थ्यो उनी टीमसँगै चुनाव जित्दैछन्।
पार्टीका तर्फबाट मेयरका उमेद्वार भएका राजु श्रेष्ठलाई मत माग्न उनका छिमेकी काँग्रेस पार्टी सभापति शेर बहादुर देउवा कपनस्थित ह्याण्डवल चौरमा पुगेका थिए। चितवन र लमजुङका चुनावी कार्यक्रमपछि सोझै कपन पुगेका देउवाले व्यक्तिगत रुपमा पनि आफूले चिनेका आफ्ना छिमेकी श्रेष्ठ सहितका उमेद्वारहरुलाई मत मागे। देउवाले बुढानिलकण्ठको वासिन्दा भएका नाताले आफू काँग्रेसबाट उमेद्वार भएकाहरुको पक्षमा मतदानको आग्रह गर्न आएको बताइरहँदा नयाँ बन्ने मेयरसँग आफूलाई काम गर्न सजिलो हुने बताए। केहि दिनपछि प्रधानमन्त्री बन्ने पक्का पक्की रहेका देउवाले काँग्रेसका उमेद्वारहरु मेयर उपमेयर भएर आउँदा पार्टी र सरकारबाट पनि वुढानिलकण्ठ लाभान्वित हुने बताए।
बुढानिलकण्ठ नगरपालिका काठमाडौं क्षेत्र नम्वर ४ र ५ मा पर्छ। काठमाडौं क्षेत्र नम्वर ४बाट संसदमा प्रतिनिधित्व गर्ने काँग्रेस नेता गगन थापाले सांसद र मन्त्री हुँदा क्षेत्रमा अर्वौको कार्यक्रम ल्याउँदा पनि स्थानिय तहमा कार्यान्वयन गर्न निर्वाचित जनप्रतिनिधीहरु नहुँदा काम गर्न गाह्रो भएको अनुभव सुनाए। स्थानिय समस्याहरुसँग परिचित रहेका श्रेष्ठसँग स्थानिय मुद्धाहरुमा काम गर्न सहज हुने भन्दै थापाले आफूलाई मत दिएर जिताएका मतदाताहरुलाई मेयर श्रेष्ठ सहितको काँग्रेस टीमलाई जीताउन आग्रह गरे।
सभामा आएका खानेपानी राज्यमन्त्री दिपक खड्काले मतदाता नभएपनि वुढानिलकण्ठको वासिन्दा भएको नाताले विकासप्रेमी र समाजसेवी राजु श्रेष्ठ सहितको टीमलाई जिताउँदा वुढानिलकण्ठको विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।
क्षेत्र नम्वर ४ र ५ का विभिन्न गाविसहरु मिलेर बनेको बुढानिलकण्ठ नगरपालिकाको स्थानिय तहको चुनावमा पहिलोपटक मैदानमा उत्रिएका श्रेष्ठ मतदाताहरुले काँग्रेसलाई मत दिनेमा ढुक्क देखिन्थे। काँग्रेसप्रति मतदाताहरुले देखाएको विश्वास नै आफ्नो जीत्ने आधार भएको उनले बताए। मैदानमा जम्मा भएका स्थानिय काँग्रेसका कार्यकर्ताहरु मतदाताहरुलाई देखाउँदै उनले प्रश्न गरे, 'मतदाताहरुको यस्तो उत्साह देखाएपछि अब चुनावमा जीतको घोषणा मात्र हुन वाँकी त हुन्छ होइन र ? '
संवाददाताहरुसँग संक्षिप्त कुरा गर्दै श्रेष्ठले आफू निर्वाचित भएपछि गर्ने कामको वेलिवस्ता पनि लगाए।
मेयर कोष
बुढानिलकण्ठ नगरपालिकाको मेयरका उमेद्वार राजु श्रेष्ठले आफूले मेयरमा जीतेपछि तलव भत्ता नलिने घोषणा गरे। उनले आफ्नो तलवको छुट्टै मेयर कोष स्थापना गरि त्यसलाई सामाजिक सुरक्षाका काममा लगाउने बताए। गरिव नागरिकका सन्तानलाई विद्यालय शिक्षाको लागि छात्रवृतीको लागि मेयर कोष खर्चिने उनले बताए।
३ वटा वृद्धाश्रम
नगरपालिकामा ३ वटा वृद्धाश्रम सञ्चालन गर्ने उनले योजना सुनाए। वृद्धाश्रमलाई आश्रयस्थलको रुपमा मात्र नभइ एक आपसमा वृद्धवृद्धाहरु भेटघाट गर्ने रिक्रियसन सेन्टरको रुपमा पनि विकास गर्ने योजना उनले सुनाए।
धार्मिक सर्किट
नगरपालिकाभित्र चण्डेश्वरीदेखि वुढानिलकण्ठहुँदै बौद्धनाथ र पशुपतिनाथसम्मको रुटमा धार्मिक सर्किट बनाउने उनले अर्को योजना सुनाए। धार्मिक प्रवृतीका श्रेष्ठले बुढानिलकण्ठलाई धार्मिक पर्यटकीय नगरी बनाउने बताए।
खोलानालामा जीवन फर्काउने
नगरभित्र पर्ने खोलानालाहरुमा पूनजीवनकालागि लागिपर्ने बताए। अहिले जीवन गुमाएका नदीहरुमा पूनर्जीवन दिने उनले अर्को महत्वाकाँक्षी योजना सुनाए।
स्थानिय सहभागिता
उपभोक्तासमिति र महिला समितिहरुलाई साथमा लिएर विकास निर्माणमा हातेमाले गर्ने श्रेष्ठले बताए।
गुरुयोजना बनाएर काम
अब नगरको विकास निमार्णका लागि गुरुयोजना बनाएर काम गरिन्छ। भएका कामहरुलाई पनि व्यकवस्थित गरिनेछ।
सामुदायिक हल
सामुदायिक दल किरियापुत्री भवनहरुमा विशेष ध्यान दिइने उनले सुनाए।
दीर्घकालिन र अल्पकालिन विकासका काम
नगरको दीर्घकालिन र अल्पकालिन विकासका काममा योजना बनाएर लागिपर्ने श्रेष्ठले बताए।
सबै मतदाताहरुको साथ र सहयोग तथा यसै क्षेत्रका सांसद तथा सरकारका स्वास्थ्य मन्त्री गगन थापा तथा यसै क्षेत्रका वासिन्दा काँग्रेस सभापति शेर बहादुर देउवाको समेत साथ र सहयोगमा यो नगरलाई देशकै उत्कृष्ट नगर बनाउने उनले बताए। उनले भने, 'यो नगरलाई देशकै उत्कृष्ट नगर भन्ने दिन अब टाढा छैन। '