arrow

दुई मतदान केन्द्र महिलालै सम्हाल्ने

logo
प्रकाशित २०७४ वैशाख २८ बिहिबार
local-level-election1.jpeg

नुवाकोट । स्थानीय तह निर्वाचनको लागि जिल्लामा दुई मतदान केन्द्रको जिम्मा महिला कर्मचारी र सुरक्षाकर्मीले सम्हाल्ने भएका छन् । जिल्लामा रहेका दुई सय ४० मतदान केन्द्रमध्ये विदुर नगरपालिका – ४ को बट्टार क्याम्पस मतदान केन्द्र र वडा नम्बर ६ को महारानी डिही मतदान केन्द्रमा महिलाकै नेतृत्व र सहभागितामा मतदान सञ्चालन हुनेछ ।

मतदान केन्द्रमा सबै कर्मचारी र सुरक्षाकर्मी पनि महिला मात्र परिचालन गरिएको सहायक मतदान अधिकृत महिमानसिंह विष्टले जानकारी दिए ।

बट्टार क्याम्पस मतदान केन्द्रको मतदान अधिकृतमा भुला भण्डारी र महारानी डिही मतदान केन्द्रको मतदान अधिकृतमा अम्बिका घिमिरे हुनुहुन्छ । ती मतदान केन्द्रमा छ÷छ कर्मचारी र ८–८ सुरक्षाकर्मी खटाइएको छ । मतदान केन्द्रमा म्यादी प्रहरी पनि महिला नै खटाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ