arrow

कर्णालीको विकास चाहिरहेका छन् काँग्रेसका यी उम्मेदवारहरु  

logo
प्रकाशित २०७४ वैशाख २८ बिहिबार
congress-flag3.jpg

काठमाडौं । पूर्वाधार विकास सहित आर्थिक–सामाजिक विकासमा पछाडि परेको कर्णाली अञ्चलका हुम्ला, जुम्ला, कालिकोट मुुगु र डोल्पा जिल्लामा पनि यसपटकको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा अभूतपूर्व लहर आएको छ । काँग्रेसका उम्मेदवारहरुले उठाएका स्थानीय विकासका मुद्दाहरु, जनताका अधिकारका कुरा मतदाताले ज्यादै मन पराएको र पार्टीमा अनवरत रुपमा काम गरेका जनताको विश्वास पाएका उम्मेदवारहरु प्रस्तुत गरेकोले कांग्रेसको पक्षमा यस्तो लहर आएको हो ।

 

जुम्लाको चन्दननाथ नगरपालिका

जुम्लाको चन्दननाथ नगरपालिकामा नेपाली कांग्रसले कान्तिका सेजुवाललाई नगरप्रमुखको उम्मेदवार बनाएको छ । नेपाल विद्याथी संघबाट राजनीतिक यात्रा आरम्भ गर्नुभएकी सेजुवाल पार्टीले सञ्चालन गरेका हरेक आन्दोलनमा सक्रिय रहँदै आएकी छिन् । नेपाल शिक्षक संघमा रहेर विभिन्न जिम्मेवारी सम्हालेकी सेजुवाल स्वर्गीय नेता मानव सेजुवालकी धर्मपत्नी हुन् । पतिको निधनपछि शिक्षण पेशा छोडेर राजनीतिमा ओर्लिएकी सेजुवाल पार्टीको महासमिति सदस्य हुन् ।

नेपाली काँग्रेसले चन्दननाथ नगरपालिकामा जगतबहादुर खत्रीलाई उप–प्रमुखको उम्मेदवार बनाएको छ । नेपाल शिक्षक संघको विभिन्न पदमा रहेर काम गरिसकेका खत्री विभिन्न सामाजिक संघ संस्था मार्फत सामाजिक विकासमा समर्पित रहदै आएका छन् ।
 

मुगुको छायाँनाथ रारा नगरपालिका 

नेपाली कांग्रेसले मुगुको छायाँनाथ रारा नगरपालिकामा हरिजंग शाहीलाई प्रमुखको रुपमा अघि सारेको छ । लामो समयसम्म हेल्थ असिस्टेन्ट रुपमा जिल्लाका जनताको सेवा गरेर राजनीतिमा आएका शाही निजामति कर्मचारी युनियनको केन्द्रीय सदस्य पनि रहहेका थिए । उनले स्नाकोत्तरसम्मको उपाधि हाँसिल गरिसकेका छन्  । 

यस नगरपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ ।

 

डोल्पाको ठूलीभेरी नगरपालिका 

डोल्पाको ठूलीभेरी नगरपालिकामा नेपाली कांग्रेसले सुवर्णकुमार बुढालाई प्रमुखको उम्मेदवार बनाएको छ । यस नगरपालिकामा नेपाली काँग्रेसले माओवादीसँग चुनावी तालमेल गरेको छ । समाजसेवा, राजनीति र व्यापार व्यवसायलाई एक साथ अघि बढाउदै आएका सुवर्णकुमार  अहिले तरुण दलको जिल्ला उपसभापति हुन् ।

 

त्रिपुरासुन्दरी नगरपालिका 

नेपाली काँग्रेसले डोल्पाको त्रिपुरसुन्दरी नगरपालिकमा डिलबहादुर विष्टलाई प्रमुखको उम्मेदवार बनाएको छ । विगत लामो समयदेखि राजनीतिक सक्रियता देखाउदै आएका विष्ट २०५२ सालमा नेपाली काँगे्रसमा आबद्ध छन् । उनी ०४६ र ०६२÷०६३ को आन्दोलनमा सक्रिय सहभागी भएका थिए ।

 

२०४१ सालको शिक्षक आन्दोलनका समयमा १५ दिन हिरासतमा पर्नुभएका विष्ट  शिक्षक संघको जिल्ला अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । पार्टीको जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका विष्ट ०६४ को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । उनी पटक पटक पार्टीको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य भईसकेका छन् ।

 

डोल्पाको त्रिपुराशुन्दरी नगरपालिकामा नेपाली कांग्रेसले बुद्धकुमारी शाहीलाई उप–प्रमुखको रुपमा अघि सारेको छ । शाही नेवि संघ र महिला संघको विभिन्न जिम्मेवारी सम्हालेर पार्टी राजनीतिमा सक्रिय भएका छन् । समाजसेवामा  समेत सक्रिय रहेकी शाही महिला संघको जिल्ला सचिव, पार्टीको क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ