arrow

पहिलो चरणको निर्वाचनमा अवरोध गर्दैनौ : महतो

logo
प्रकाशित २०७४ वैशाख २८ बिहिबार
rajendra-mahato-new-aa.jpeg

काठमाडौँ। राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले पहिलो चरणको स्थानीय निर्वाचनमा आफ्नो दलले अवरोध नगर्ने बताएका छन् । 

रिपोर्टर्स क्लबले बिहिबार आयोजना गरेको साक्षात्कारमा महतोले लोकतन्त्रलाई संस्थागत र बलियो बनाउने प्रमुख आधार निर्वाचन भएकाले आफूहरु निर्वाचनको पक्षमा रहेको बताउँदै मुलुकमा आवधिक निर्वाचनको सुनिश्चितताका लागि सबै दलले निर्वाचनमा सहभागिता जनाउनुपर्ने विचार व्यक्त गरे। 

महतोले आगामी बैशाख ४ गतेसम्म संविधान संशोधन नभए राजपाले तराई–मधेसमा कुनै पनि निर्वाचन हुन नदिने बताउँदै राजपका नेता तथा कार्यकर्तालाई लगाइएका झुटा मुद्दा फिर्ता लिनाका साथै जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या बढाउनुपर्ने माग गरे। उनले सरकारले संविधान संशोधन गर्ने भनेर आफूहरुको सहमतिमा संशोधन प्रस्ताव अघि बढाए पनि अहिलेसम्म पारित नगराइएकामा दुःख व्यक्त गर्दै तोकिएको समयमा संविधान संशोधन नभए सङ्घर्षका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ