राष्ट्रियता र समृद्धिको पक्षमा एमालेको विकल्प छैन : नेता खनाल
प्रकाशित २०७४ वैशाख २८ बिहिबार
535
Shares
काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा राष्ट्रियता र समृद्धिको पक्षमा आफ्नो पार्टी उभिएको बताए छ।
पार्टीको चुनाव प्रचार कमिटी वडा नं १५ ले स्वयम्भूमा आज आयोजना गरेको कार्यक्रममा नेता खनालले विभिन्न समयमा पार्टीले राष्ट्रियताको रक्षा र जनताको स्वाभिमानलाई उचो राख्न गरेका प्रयत्नले आफ्नो पार्टीको विजय सुनिश्चित रहेको बताए। उनले स्थानीय तहको निर्वाचनप्रति जनतामा देखिएको उत्साहले अब बन्ने स्थानीय सरकारले देशलाई समृद्धितर्फ लैजाने विचार व्यक्त गरे।
पार्टीका नेता जीवनराम श्रेष्ठले लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनले देशमा स्थानीय विकास तथा पूर्वाधार निर्माणमा गति लिने विश्वास व्यक्त गर्दै महानगरमा अब एकीकृत बस्ती विकासको खाँचो औँल्याए। रासस