टोखामा काँग्रेसमा आए एमालेका वडा अध्यक्ष र राप्रपाका क्षेत्रीय उपाध्यक्ष
प्रकाशित २०७४ वैशाख २७ बुधबार
683
Shares
काठमाडौं। स्थानिय तहको चुनाव नजिकिदै गर्दा टोखा नगरपालिकामा नेपाली काँग्रेसमा प्रवेश गर्नेहरु थपिएका छन्। नेपाली काँग्रेस टोखा नगरसमितिले गरेको सभामा अन्य विभिन्न पार्टीबाट काँग्रेसमा आएकाहरुलाई स्वागत पनि गरेको छ। काँग्रेस नेता तथा स्वास्थ्य मन्त्री गगन थापाले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए। थापाले उनीहरुलाई खादा लगाएर स्वागत गरेका थिए।
टोखाको सभामा काँग्रेस प्रवेश गर्नेहरुमा एमाले, राप्रपा, नेमकिपा, नेकपा माले र माओवादीका कार्यकर्ताहरु थिए। एमाले टोखा नगरपालिका वडा न ३ का निवर्तमान अध्यक्ष नवराज श्रेष्ठ सहित दर्जन भन्दा वढी कार्यकर्ता काँग्रेस प्रवेश गरेका थिए।
राप्रपाका क्षेत्र नम्वर ५का क्ष्त्रीय उपाध्यक्ष पुष्पराज जोशी सहितका राप्रपाका कार्यकर्ताहरु पनि काँग्रेसमा प्रवेश गरेका थिए। माओवादी, माले र नेमकिपाका कार्यकर्ताहरु पनि काँग्रेसमा प्रवेश गरेका थिए।
काँग्रेस प्रवेश गर्नेहरुमा अजय डंगोल, चक्रराज श्रेष्ठ, भनिराज डंगोल, कविर लवट,अल्वेषन श्रेष्ठ, राजु श्रेष्ठ,राम श्रेष्ठ,रामचन्द्र डंगोल, हिरादेवी मान्नधर, सनोज डंगोल, रविन श्रेष्ठ, रिजे श्रेष्ठ, विजय श्रेष्ठ, अनोज डंगोल, अनिता श्रेष्ठ, सविता श्रेष्ठ, अनिषा श्रेष्ठ, दानबाबु डंगोल, सरन डंगोल, राजकुमार डंगोल, सहदेव महर्जन, राजेश्वर श्रेष्ठ, लक्ष्मी नारायण श्रेष्ठ, यमुना श्रेष्ठ, पञ्चमाया श्रेष्ठ लगायतका विभिन्न पार्टीबाट आएका कार्यकर्ताहरु काँग्रेस प्रवेश गरेका थिए। उनीहरुलाई काँग्रेस नेता थापासहित काठमाडौं क्षेत्र नम्वर ६ का सांसद भिमसेनदास प्रधानले स्वागत गरेका थिए।
टोखा नगरपालिकाका काँग्रेसका मेयर उमेद्वार हरिहर अधिकारी र उपमेयरका उमेद्वार रजनी थापाले पनि नवप्रवेशीहरुलाई स्वागत गरेका थिए। नगरपालिकामा काँग्रेसको जीतमा नवप्रवेशीहरुको भुमिका महत्वपूर्ण हुने उनीहरुको विश्वास प्रकट गरेका छन्।