सर्वसाधारणका लागि मोरङमा बन्यो सुविधा सम्पन्न अस्पताल
प्रकाशित २०७४ वैशाख २७ बुधबार
744
Shares
मोरङ । मोरङ्गमा सर्वसाधारणहरुको स्वास्थ्यमा सेवा पुर्याउने उद्देश्य सहित बुधबार रंगेलीमा सुविधा सम्पन्न सिद्धार्थ टाईम्स हस्पीटलको उद्घाटन गरिएको छ । हस्पिटलको एक समारोहबीच स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङ्गले रिविन काटेर उद्घाटा गरे।
सो अवसरमा मन्त्री गुरुङ्गले अहिले सरकारले सर्वसाधारणहरुको स्वास्थ्यलाई मध्यनजर गरी विभिन्न रोगका सेवाहरु निशुल्क रुपमा प्रदान गरि रहेको बताए ।उनले सरकारले अहिले स्वास्थ्य क्षेत्रको सुधारका लागी मुलुकभर रहेका सरकारी अस्पतालको पुर्वधार विकाश गर्न लागीपरेको बताए । सो अवसरमा पुर्व क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षेत्रिय निर्दैशक विष्णु विक्रम बस्नेतले समेत शुभकामना मन्त्वय व्यक्त गरेका थिए ।
सो अस्पताल निर्माण पुर्व मोरङ्गका २ दर्जन गाविसका सर्वसाधारण स्वास्थ्य सेवाका लागी सदरमुकाम विराटनगर धाउनु पर्ने बाध्यता रहदै आएको थियो । दश सैयाको अनुमती पाएको अस्पतालले स्थानिय स्तरमा बसोबास गर्ने आदीबासी, जनजाती, दलित तथा पिछडावर्गको आर्थीक र स्वास्थ्य स्थितीलाई मध्यनजर गर्दै अन्य निजी हस्पिटलको तुलनामा सर्वसुलभ तथा स्तरीय सेवा प्रदान गर्ने हस्पिटलका निर्देशक विक्रम मण्डलले बताए ।