झुक्किनुहोला नि ! मतपत्रको छैटौं कोठामा भोट हाल्ने यस्तो छ तरिका
प्रकाशित २०७४ वैशाख २७ बुधबार
432
Shares
काठमाडौं । हामीले यो स्थानीय तहको निर्वाचनमा ६ वटा मतपत्रमा ७ जनालाई मतदान गर्दैछौं । हामीले पाउने मतपत्रको पहिलो काेठा गाउँपालिका तथा नगरपालिका प्रमुखको लागि हुुन्छ भने दोस्रो काेठा उपप्रमुखको लागि हुन्छ । यी पदहरुमा अन्यत्र जस्तै आफूलाई मन लाग्ने पार्टीको मतदान चिह्न वा स्वतन्त्र उम्मेदवार भए उनीहरुको व्यक्तिगत मतदान चिह्नमा दायाँवायाँ रहेका कोठाहरुलाई नछुनेगरी मतदान गर्नुपर्छ ।
त्यस्तै, त्यहाँ रहेको तेस्रो काेठाको निर्वाचन तपाई बसेको वडाको वडाध्यक्षको लागि हो । यसमा पनि माथि भनिएझै दायाँबायाँ नछुनेगरी स्वस्तिक चिह्नले छाप लगाउनु पर्छ । चौथो कोठा महिला वडा सदस्यको लागि हो । यसमा पनि कुनै एक चिह्नमा अन्यत्रको रेखा नछुनेगरी लगाउनुपर्छ । पाँचौं कोठा दलित महिला उम्मेदवारको लागि हो । यसमा पनि भोट हाल्ने तरिका एउटै हो ।
जब तपाई छैटौं काेठामा पुग्नुहुन्छ। तब तपाई झुक्किन सक्नुहुन्छ । किनभने त्यो मतपत्रमा पार्टीगत रुपमा निर्वाचन आयोगले दिएको मतपत्र नै अलिक झुक्काउने खालको देखिन्छ ।
त्यो मतपत्रमा तपाईले जहाँसुकै भएपनि दुईवटा कोठामा मतदान गर्न पाउनुहुनेछ । किनभने यस मतपत्रबाट दुई जना खुल्ला वडाध्यक्षहरु चयन हुनेछन् । तपाईँ नझुक्किनुहोला कि दलगत चुनाव चिह्न रहेका कोठाहरुमा मतपत्रको दोस्रो कोठामा दुईवटा चुनाव चिह्न दिईएको छ । त्यहाँ दुईवटै स्वस्तिक चिह्न एउटै कोठामा लगाउनु भयो भने तपाईँको मत बदर हुनेछ । त्यसैले अन्य मतपत्रमा एउटा मतपत्रमा एउटैमात्र मत दिन पाईने भएपनि यस पतपत्रमा भने दुई जनालाई दुई वटा कोठामा छेउका रेखाहरुलाई नछुनेगरी मतदान गर्नु पर्छ ।
यसरी मतदान गर्दा दुई कोठामध्ये पहिलो कोठाको मत एउटालाई र अर्को कोठाको मत चाहिँ अर्कै पार्टीकोलाई दिन मन लागेको खण्डमा पनि तपाईहरुले एउटा सो पार्टीको चिह्नमा मत दिएर अर्को चिह्नमा पनि मत दिन पाईन्छ । तर, अन्यमा भने एउटा कोठामा एउटै मात्रै मत हाल्नु पर्नेहुन्छ ।