arrow

दोस्रो चरणको निर्वाचनको मिति सार्नु हुदैन : प्रमुख निर्वाचन आयुक्त

logo
प्रकाशित २०७४ वैशाख २७ बुधबार
ayodhi-yadab-new-s.jpeg

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले जेठ ३१ को दोस्रो चरणको निर्वाचनको मिति तलमाथि गर्न नहुने बताएका छन् ।  रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले दोस्रो चरणको निर्वाचनको मिति बजेटअघि नै गर्ने कुरा चलिरहेको सन्दर्भमा यस्तो प्रतिक्रिया दिएका हुन्  । 

 प्रमुख निर्वाचन आयुक्त यादवले सरकार परिवर्तनमा आयोगले हस्तक्षेप नगर्ने र बजेट ल्याउन नरोक्ने स्पष्ट पारे। ‘‘बजेट ल्याउन मिल्छ, तर आचारसंहिता अनुकूल हुनुपर्छ’’ उनको भनाइ छ । 

मुलुकलाई सङ्क्रमणकालबाट मुक्त गर्न निर्वाचन अपरिहार्य रहेको बताउँदै उनले चुनाव गराउनुपर्ने मूल कामबाट कोही पनि विमुख हुन नहुने धारणा राखे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ