लुम्बिनी । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा गम्भीर प्रदूषण चेतावनी दिइएको छ ।
प्रदूषण अनुगमन टोलीले गरेको अनुसन्धानमा लुम्बिनी उच्च प्रदूषित क्षेत्र रहेको निष्कर्ष निकालेको हो ।
लुम्बिनीको उक्त पवित्र क्षेत्र नजिकै उद्योगहरु फस्टाइरहेकाले त्यसबाटै प्रदूषण फैलिएको हो ।
गत जनवरीमा प्रदूषणको मात्रा प्रति घनमिटर १७३.०३५ माइक्रोग्राम रहेको थियो । यो मात्रा काठमडौंमा १०९.८२ रहेको थियो ।
जबकि काठमाडौं सबैभन्दा बढी प्रदूषित रहेको बताइन्छ । तर आँकडाले लुम्बिनीलाई निकै माथि देखाएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार २५ माइक्रोग्रामभन्दा कम हुनुपर्छ । नेपाल सरकार त्यसलाई ४० निर्धारण गरेको छ । (बीबीसीबाट)