पार्टीका साहित्यकारले निर्वाचनमा सघाउन बनाए सहयोग समिति
प्रकाशित २०७४ वैशाख २७ बुधबार
313
Shares
काठमाडौँ । आसन्न स्थानीय निर्वाचनमा नेकपा एमालेलाई सहयोग गर्ने उद्देश्यका साथ साहित्यकार राम विनयको संयोजकत्वमा १५१ सदस्यीय सहयोग समिति गठन भएको छ ।
साहित्य–सन्ध्या, जनसाहित्यिक मञ्च नेपाल र मदन भण्डारी कला साहित्य प्रतिष्ठानसँग आबद्ध तथा केही स्वतन्त्र साहित्यकारको सक्रियतामा समिति गठन भएको हो ।
राष्ट्र र राष्ट्रियताको संरक्षण र स्वाधीनताका विषयमा एमालेले लिएको अडान, नाकाबन्दीका बेलामा पनि देखाएको धैर्य, कूटनीतिक चातुर्य र स्वाभिमानपूर्ण दृढता, प्रजातन्त्र, लोकतन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा खेलेको नेतृत्वकारी भूमिका, शान्तिसम्झौता, संविधान निर्माण र संविधानको कार्यान्वयनका विषयमा लिएको स्पष्ट नीतिका कारण एमालेलाई सघाउने समितिका संयोजक राम विनयले जानकारी दिए ।