माधव नेपाल भन्छन्–निर्वाचनपछि एमाले आर्थिक सामाजिक रुपान्तरणको शक्ति
प्रकाशित २०७४ वैशाख २६ मंगलबार
537
Shares
काठमाडौँ । एमाले नेता माधवकुमार नेपालले स्थानीय निर्वाचनपछि आफ्नो पार्टीले आर्थिक सामाजिक रुपान्तरणको अगुवा शक्ति हुने बताएका छन् ।
एमाले प्रचार विभागले मंगलरबार आयोजना गरेको दैनिक प्रेस ब्रिफिङ कार्यक्रममा नेता नेपालले राष्ट्रियता र लोकतन्त्रको पहरेदारका रुपमा रहेकोले एमालेलाई विजयी गराउन सबैसंग अनुरोध गरे ।
नेता नेपालले भने, “ सत्ता गठबन्धनका दलले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याएर अलोकतान्त्रिक काम गरे, त्यो अदालतको मानमर्दन र सरकारको मातहतमा अदालतलाई राख्न खोजिएको घटना हो तर अदालतकै पछिल्लो फैसलाले यसलाई बचाएको छ ।”
एमाले दबाबका कारण वैशाख ३१ गते स्थानीय तहको निर्वाचन तय भएको र प्रतिपक्षसँग परामर्श गरी जेठ ३१ मा दोस्रो चरणको निर्वाचनको मिति तय गरिएको बताउँदै उहाँले पहिलो र दोस्रो चरणको निर्वाचनका बीचमा एक महिनाको लामो ग्याप हुनु विडम्बना हो, भने ।
नेता नेपालले “बजेट ल्याएर जनतालाई प्रभावित पार्ने कार्य एमालेलाई स्वीकार्य हुँदैन्, बजेटअघि नै निर्वाचन सकिनुपर्छ, मुस्लिम समुदायको पवित्र पर्वको समयमा जेठ ३१ को निर्वाचन गराउन खोज्नु त्यो समुदायमाथिको अपमान हो भन्नुभयो ।”
स्थानीय तहको निर्वाचनको परिणाम नआउँदै प्रतिनिधि सभा निर्वाचन क्षेत्र निर्धारण आयोग र मतभारसम्बन्धी कानुन चाँडै ल्याउन माग पनि उनले माग गरे ।
एमालेका सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले पहिलो निर्वाचनको मत गणना तत्काल सुरु गर्ने र दोस्रो चरणको निर्वाचन बजेट अगावै गर्नुपर्ने पार्टीको आवाजलाई सरकारले सुन्नुपर्ने बताए ।